२० जेष्ठ २०८०, शनिबार

नेपालमा सबैभन्दा बढि झुटो बोल्ने नेता केपि ओली हो : पूर्वमन्त्री गणेश शाह



१९ पुस, काठमाडौं । पूर्व विज्ञान तथा प्रविधिमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का स्थायी कमिटी सदस्य गणेश शाहले नेपालमा सबैभन्दा बढि झुटो बोल्ने नेता केपी शर्मा ओली भएको दाबी गरेका छन् ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान (सिद्धिचरण हल) मा आयोजित हर्कबहादुर शाही स्मृतिग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शाहले ओलीमा जालझेल र तानाशाही प्रवृत्ति हाबी भएको आरोप लगाएका हुन् ।

ओली जालझेल र झुटको खेति गर्न माहिर छन् भन्ने प्रमाण १२ सय जनाको केन्द्रीय कमिटी भएको शाहले बताए । ‘ओलीले १ सय ४० जनाको केन्द्रीय कमिटिलाई रारातारात १२ सयको बनाइदिए । यो भन्दा ठुलो झुट के हुन्छ ?’ प्रश्न गर्दै शाहले भने ।

ओलीजस्ता जालीझेली, तानाशाही र प्रतिगमनकारीकाविरूद्ध सबै सच्चा कम्युनिष्ट एकढिक्का भएर आन्दोलनमा उत्रिन पूर्वमन्त्री शाहले अपिलसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको