४ आश्विन २०८०, बिहीबार

शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री



१८ पुस, काठमाडौं । देशभर जाडो बढिरहदा शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन गरिएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईको जनजीवन भने हुस्सुले प्रभावित हुने देखिएको छ ।

पश्चिमी वायुको प्रभावले शनिबार सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना देखिएको मौसमविद् विभूती पोख्रेलले जानकारी दिएकी छिन् ।

यस्तै लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंसहित बाँकी भू–भागमा घाम लाग्दै बादल लाग्नेछ । शनिबारको तुलनामा आइतबार र सोमबार देशभरी कै मौसम बढी बदली हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू(भागमा हल्का हिमपातको साथै पहाडी भू(भागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको