१२ फाल्गुन २०७७, बुधबार

रैथाने बाली प्रबद्र्धनका लागि हुम्लामा पचास लाख रकम



समर हुम्ली

१७ पुस, काठमाडौं । हिमाली जिल्ला हुम्लामा हुने र भएका स्थानीय रैथाने बालीको प्रबद्र्धनका लागि कृषि विकास कार्यालय हुम्लाले पचास लाख बजेट खर्च गर्ने भएको छ ।

यो वर्ष ५० लाख बजेटलाई नतिजामुखी बनाउने गरी ठोस काम गरिने कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखतबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार प्रत्येक वर्ष कृषिको समष्टिगत विकास र विस्तारका लागि करोडौं रकम खर्च हुने भए पनि यसको अनुपातमा स्थानीय रैथाने बालीको विकास र विस्तारका लागि एकदमै कम रकम आउने गरेको छ ।

सरकारी र गैरसरकारीस्तरबाट कृषि क्षेत्रको विकास र विस्तारका लागि दशकौंदेखि लगानी भए पनि हालसम्म स्थानीय रैथाने बालीको जानकारी र यससम्बन्धी गर्नुपर्ने सन्तोषजनक काम हुन नसेको सर्केगाड गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोकुल बुढाले बताए ।

हुम्लामा फापर, चिनु, कागुनो, जौ, गहुँ, उवा, नाफल, मार्से, माँस, गहत, कला, चोती, कोइरा, तिल्खुरो, भट्ट, सिमी जस्ता दर्जनौं रैथाने बालीहरू छन् । यी रैथाने बालीको जानकारी, उपयोगीता र प्रयोग गरिने रैथाने ज्ञान पनि हालसम्म के, कस्तो, कुन, कहाँ र कहिले भयो भन्ने कुराहरूको सङ्कलन हुन सकेको छैन । समय क्रमसँगै यी ज्ञानहरू पनि लोप हुँदै गएको छ ।

हुम्लामा यो वर्ष रैथाने बालीका आएको पचास लाख बजेट पुरानै पाराले खर्च नहोस् भन्ने स्थानीय किसानहरूको आशा र अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु