१७ आश्विन २०८०, बुधबार

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिको गाडीमा आगजनि



१७ पुस, काठमाडौं । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा आगजनी भएको छ । विहिबार राति अज्ञात समुहले सभापति सिंहको गाडीमा आगजनि गरेको हो ।

भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजे सभापति सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको गाडीमा आगजनी गरिएको हो ।

अज्ञात समुहले पेट्रोल छर्केर आगो लगाएकाको कारण गाडी पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गाडी कुन काम विशेषले पुनमा लगिएको थियो भन्ने हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको