आत्मआलोचना गरी बार्सिलोना सच्चीनु पर्छः मेस्सी
७ साउन काठमाडौं । बार्सिलोनाका कप्तान तथा विश्वविख्यात फुटबलर लियोनल मेस्सीले आगामी दिनमा अपेक्षित नतिजा हात पार्न आफुहरुले आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।
ला लिगाको निर्णायक खेलमा बार्सिलोनाले अल्भेसालाई ५–० ले पराजित गरेपछि मेस्सीले आगामी प्रतियोगीतामा नतिजा सुधार्न सबै खेलाडी, प्रशिक्षक तथा क्लवले आत्मआलोचना गर्दै सच्चिनुपर्ने धारणा राखेका हुन् ।
मेस्सीले भने, ‘यो सिजन हाम्रा लागी सुखद रहेन । अब हामीले दृष्टिकोण र प्रतिबद्धतामा पनि सुधार गर्नुपर्छ ।’ कप्तान मेस्सीले आत्मआलोचनासँगै कुराहरु स्वीकार गरेर अगाडीको सफल यात्राका लागी तयार हुनुपर्ने बताएका छन् ।
एक समय शिर्ष स्थानमा रहेको बार्सिलोनाले सिजनको अन्त्यमा अपेक्षित खेल देखाउन नसक्दा ला लिगा उपाधि रियल मड्रिडले हात पारेको थियो ।