चुनावबाट दुई तिहाई मत हाँसिल गर्छौँ भन्ने ओलीको पक्षमा जबसका ६ जना मात्रै
१६ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यासित रूपमा संसद विघटन गरेपछि एकता प्रक्रिया नटुङ्गीदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धु्रवमा विभाजित भयो । बैशाखमा चुनावको मिति तोकेका ओली आगामी चुनावमा दुई तिहाई मतसहित विजय हाँसिल गर्छौँ भन्दै फलाकिरहेका छन् । तर तथ्यहरूलाई केलाएर हेर्दा ओली पक्षको उपस्थिती भने निकै कमजोर देखिएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साविकको केन्द्रीय संरचना चलाएकै छैनन् । तर, केपी शर्मा ओली समूहले भने केन्द्रदेखि जिल्लासम्म धमाधम तहसम्म नयाँ नेतृत्व चयन शुरु गरेको छ ।
एमाले र माओवादीबीच एकीकरण भएपछि जिल्ला अध्यक्ष र सचिव चयन भएका थिए । त्यस्तै जनवर्गीय संगठन (जबस) का संयोजक र सहसंयोजक तोकिएका थिए । पार्टी विभाजनपछि जनवर्गीय संगठनका जम्मा २२ संयोजकहरू मध्ये ओली समूहमा उभिने ६ जना मात्रै देखिएका छन् । बाँकी १६ जना संयोजक भने प्रचण्ड र माधव समूहमा उभिएका छन् ।
आठ जनसंगठनका संयोजक र सहसंयोजक नै प्रचण्ड र माधव समूहका छन् । ४४ पदाधिकारी मध्ये ओली समूहमा ११ जना मात्रै छन् ।
पार्टीमा पङ्तीमा पनि करिब २ तिहाई केन्द्रीय सदस्यहरू आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव समूहको दाबी छ । निर्वाचन आयोगले पनि पार्टी एक हुँदा दर्ता भएको केन्द्रीय कमिटी नै आधिकारीक मानिने बताएको छ । जनवर्गीय सङ्गठन जस्तै पार्टी केन्द्रीय कमिटीमा पनि यस्तै कमजोर उपस्थिति देखिएमा बेलुन फुकेजसरी बनाइएको ओली समूहको केन्द्रीय कमिटीको अस्तित्व के होला ?