नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने
१६ पुस, काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ ।
बैंकको देशभरका २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउन्टरबाट समेत यो सुविधा लिन सकिने बताइएको छ ।
यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेका थिए ।
अबदेखि कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइरहेको बैंकको भनाइ छ ।