५ आश्विन २०७८, मंगलवार

प्रदेश १ का मुख्यमन्त्रीले गरे १५ सांसदलाई निलम्बन, राईलाई संसदीय दलको नेताबाट हटाइयो



१६ पुस, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफुविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सांसद्लाई कारबाही गरेका छन् ।

प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले बताए ।

निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही नगरेको उनले जानकारी दिए ।

यसैबिच प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई नेता बनाएको छ ।

बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको