१८ फाल्गुन २०७७, मंगलवार

सिमकोट गाउँपालिका १४ हजार ५ सय फलफुलका विरूवा बाँड्दै



समर हुम्ली

१६ पुस, हुम्ला । सिमकोट गाउँपालिकाले स्याउ तथा ओखरका चौध हजार पाँच सय विरूवा वितरण गर्ने भएको छ । यसका लागि किसानको माग, जग्गाको क्षेत्रफल र गाउँपालिकाको स्थलगत अध्ययनको आधारमा काम गरिने भएको छ ।

फलफुलका विरूवा मागका लागि कात्तिक मंसिर/महिना आवेदन संकलन गरी त्यसैका आधारमा निश्चित किसानहरूलाई जग्गाको आधारमा विरूवा बितरण गर्दै आएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार पचास प्रतिशत हुम्लाभित्रबाट र पचास प्रतिशत जिल्ला बाहिरबाट विरूवा ल्याइने भएको छ ।

गतवर्ष झैँ यो वर्ष पनि निश्चित किसानको छनौट गरी स्याउका सात हजार पाँच सय र ओखरका सात हजार विरूवा वितरण गरिने भएको छ । यसबाट केही वर्षमा सिमकोट गाउँपालिकालाई पूर्ण रूपमा स्याउ ओखरको पकेट क्षेत्र बनाउनमा सहयोग पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु