उहाँहरूले तान्दातान्दै पनि अग्रगमनको डुंगाले गति लियो : ओली
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरूले तान्दातान्दै पनि अग्रगमनको डुंगाले गति लिएको बताएका छन् । प्रचण्ड–माधव नेपाललगायतका नेतालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले डुंगा समातेर बसिराख्नेहरू छुटेको बताए ।
काठमाडौंमा बुधबार सुदुरपश्चिमका कार्यकर्ता सहभागी भेलामा आज प्रधानमन्त्री ओलीले भने, ‘डुंगा अगाडि बढ्न उहाँहरूले दिनुभएन । चाहनु भएन । डुंगा तानिरहनुभयो । तर डुंगा अगाडि बढ्यो । उहाँहरू छुट्नुभयो ।’
नेताहरूले डुंगा रोक्न नसकेको भन्दै ओलीले समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताए ।
आफुलाई मान होइन अपमान गरिएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने,
‘नारा के लगाउनुभयो । गणतन्त्रप्रति कस्तो नारा लगाउनुभयो । उहाँहरूले सडकभरि छरेर जानुभयो । जसको ध्यान आफूमा मात्रै छ । पदमा मात्रै छ । बोलेको भाषण के थियो ।’