अमेरिकाकी उप-राष्ट्रपति कमला ह्यारिसले लगाइन् कोरोना विरूद्धको खोप
१५ पुस, काठमाडौं । अमेरिकाकी नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना विरूद्धको खोप लगाएकी छिन् ।
मंगलबार उनले कोरोना विरूद्ध लगाएको खोपलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । ह्यारिसले मोर्डनाले बनाएको खोप लगाएकी हुन् ।
अमेरिकामा कोरोना खोपलाई लिएर आमअमेरिकी नागरिकमा रहेको संशयलाई चिर्न त्यहाँका राजनीतिज्ञहरूले प्रत्यक्ष खोप लगाउने गरेका छन् ।
खोप लगाइसकेपछि कमलाले आफूलाई कतिखेर खोप लगाइसकियो भन्ने थाहा नै नभएको प्रतिक्रिया दिएकी थिइन् ।
‘म सबैलाई यो खोप लिन भन्छु । यो लगभग दुखाइबिनाको छ । यो सुरक्षित छ, मलाई वैज्ञानिकहरूमाथि भरोसा छ’, उनले भनिन् ।
(स्रोत : एजेन्सी)