ओलीको असंवैधानिक कदमविरूद्ध दैलेखमा प्रचण्ड-माधव समूहको प्रदर्शन
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध ६ वटा प्रदेशमै एकसाथ गरिएको विरोध प्रदर्शनका क्रममा प्रचण्ड–माधव समूहले दैलेखमा शक्ति प्रदर्शन गरेको छ ।
देशैभर प्रदर्शन गर्ने निर्णयअनुसार दैलेखमा पनि नेता कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थितिमा प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा, प्रदेशसभा सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पार्वति विसुन्के, नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल, प्रदेशसभा सदस्य अमर थापा, प्रदेश सभा सदस्य तथा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीलगायतले विरोध सभालाई सम्बोधन गरेका थिए । विद्यार्थीको तर्फबाट अनेरास्ववीयु दैलेखका सह-संयोजक हेमन्त दशौंदीले पनि आफ्नो धारणा राखेका थिए ।
प्रदर्शन कार्यक्रममा सम्बोधन गर्ने बक्ताहरूले नेपाली जनताले पटक–पटक प्रतिगमनलाई परास्त गरेको बताउदै सत्ताको आडमा केपी ओलीले भङ्ग गरेको प्रनिनिधिसभा पुर्नस्थापना गर्ने विश्वास दिलाएका छन् ।
यो पनि पढ्नुहोस् :