१३ फाल्गुन २०७७, बिहीबार

मिठाइमा नङ भेटिएपछि आँगनमा छापा, सञ्चालक पक्राउ



१४ पुस, काठमाडौं । मुख मिठो पार्ने आँगनको मिठाइमा नङ भेटिएपछि प्रहरीले पसलमा छापा हानेको छ । कमलपोखरीस्थित आँगन स्विट्समा छापा हानी प्रहरीले सञ्चालक प्रकाश डोटेललाई पक्राउ गरेको हो ।

सन्दर्भ बढो रोचक छ । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्‍यो ।

बढुवा सिफारिसमा चौथो नम्बरमा नाम परेको खुशीयालीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. देवबहादुर बोहोरा कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले । तर, खुशीयालीमा बाँडेको मिठाइमा मान्छेको नङ फेला परेपछि बोहोराले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई जानकारी गराए ।

सिंहले तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा हाने । मिठाइ पसल सञ्चालक डोटेललाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको सिंहले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु