संसद विघटनविरूद्ध राजधानिमा प्रचण्ड-माधव समूहको बृहत शक्ति प्रदर्शन
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रूपमा गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको छ ।
६ प्रदेशका जिल्ला–जिल्लामा एकसाथ प्रदर्शन गरेको प्रचण्ड–माधव समूहले बागमती प्रदेश अन्तर्गत राजधानीमा बृहत शक्ति प्रदर्शन गरेको हो ।
प्रदर्शनमा प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत नेता कार्यकर्ताहरूको सहभागिता थियो । राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो ।

प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको विरोध सभामा पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ता बसेका थिए । अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् ।
कार्यक्रम सञ्चालक समेत रहेका नेता योगेश भट्टराईले दुईतीन दिनको तयारीमा देशभर उत्साहजनक सहभागितासहितको विरोध प्रदर्शन भएको बताए ।