१९ फाल्गुन २०७७, बुधबार

२१ दिनभित्र सबै पैसा दिने सहमति, उखु किसानको आन्दोलन रोकियो



१३ पुस, काठमाडौं । माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुदे सहमति भएको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच सोमबार चार बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबको २१ दिनभित्र सबै पैसा दिने सहमति भएपछि उखु किसानहरू आन्दोलन स्थगित गर्न तयार भएका हुन् ।

यदि तोकिएको समउमा भुक्तानी नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ । यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको रेग्मीले जानकारी दिए ।

सहमति भएसँगै गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत किसानहरूले मंगलबारै घर फर्किने तयारी गरेका छन् ।

पछिल्लो एक वर्षमा उनीहरू दोस्रोचोटि काठमाडौं आएका हुन् । उखु किसानहरूले आफ्नो उधारो भराइदिन माग गर्दै एक वर्षअघि काठमाडौंमा प्रदर्शन गरेका थिए । त्यति बेला उद्योगीहरूले पैसा चुक्ता गर्ने सहमति गरे पनि पूरा गरेनन् । सरकारले पनि प्रभावकारी पहल नगरेपछि आक्रोसीत किसानहरू दोस्रो पटक काठमाडौंमा आन्दोलनमा उत्रिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु