१५ आश्विन २०८०, सोमबार

गुण्डा नाइके गणेश लामा ऋण नतिरेर सम्पर्क बिहिन, ऋण उठाउन नसक्दा फाइनान्सलाई हैरानी



१३ पुस, काठमाडौं । चर्चित डन भनेर चिनिने गणेश लामा फाइनान्सबाट लिएको ऋण नतिरेर निरन्तर सम्पर्क बिहिन भएका छन् ।

व्यक्तिगत कर्जा ४० लाख र व्यापार कर्जाबापतकोे १ करोड २० लाख ऋण लिएपछि लामा सम्पर्क बिहिन भएको समृद्धि फाइनान्स कम्पनीले जनाएको छ ।

लामालाई विभिन्न सञ्चारमाध्यमबाट पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्भव नभएपछि समृद्धि फाइनान्सले आइतबार ३५ दिने सुचना सार्वजनिक गरेको छ ।

कम्पनीले लामालाई कर्जा दिँदा जमानी बसेका ४ जना मध्ये उनकै परिवारका ३ जना कर्सिङ लामा, रञ्जु लामा र राकेश लामा समेत सम्पर्कमा नभएको फाइनान्सका एक प्रनिनिधीले बताएका छन् ।

यसअघि पनि ५ र ६ पटक नै कर्जा चुक्ता गर्न आउनका लागि लामालाई सुचना नै सार्वजनिक गरी ताकेता गरिसकेको फाइनान्सले जनाएको छ ।

उनले वि.सं. २०६८ र ६९ सालमा समृद्धि फाइनान्सको पुतली सडक ब्राञ्चबाट कर्जा लिएका थिए । कम्पनीबाट कर्जा लिएको केही समय पछिबाटै सावाँ ब्याज भुक्तानी गर्न छोडेको कम्पनीका प्रतिनिधीले बताए । फाइनान्सका अनुसार उनले कर्जा लिएको ५ वर्ष भन्दा बढि भइसकेको छ ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लामालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैधानिक सम्पती कमाएको ठहर गरी अदालती मुद्दा समेत गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको