२१ मंसिर २०७८, मंगलवार

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधीबीच भेटवार्ता



१३ पुस, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधी र नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली भेटवार्ताका लागि सोमबार बिहान प्रचण्ड भेट्न खुमलटार पुगेको हो ।

सा्रेतका अनुसार दुईपक्षबीच अहिले खुमलटारमा भेटावार्ता चलिरहेको छ ।

उक्त चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवाता गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको