चुनाव घोषणाको नाटक गरेर ओलीले सडकबाट टीपेर मन्त्री बनाए: बाबुराम भट्टराई
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर सडकबाट टीपेर मन्त्री बनाएको बताएका छन् ।
काठमाडौंमा आज जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै भट्टराइले चुनाव घोषणा गरेपनि नैतिक रूपमा मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने बताएका हुन् ।
उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए । उनले भने, ‘म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो । मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ, रेकर्डमा हेर्नुस्, यो नैतिकताले मिल्दैन ।’
पहिलेदेखि नै गणतन्त्र, संघीयता विरोधी भएकाले संसदमा बहुमत हुँदाहुँदै पनि ओलीले प्रतिनिधि सभा विघटन गरेको भट्टराइको दाबी थियो ।