३ आश्विन २०८०, बुधबार

शब्द सम्पदाभित्र ॐ चन्द्र सूर्य मरुत् र हुम्ला


समर हुम्ली
१२ पुष २०७७, आईतवार

सिर्जना, प्रतिभा र अभ्यासलाईृ मन्थन गरेर प्रकृति र संस्कृतिको संगम बनेर जोडी नयनहरू चर्म चक्र्षु र ज्ञान चक्र्षुको संयोजनबाट दिव्यचक्र्षुको प्राप्तिका लागि सबल र सक्षम बनाउँछ । र त तापक्रमको थर्मोमिटर भएर शितलता, शुद्धता र उष्णतालाई नियन्त्रणमा राख्छ ।

सपादलक्ष हिमशृङ्खलाहरूको काखमा ॐ मणि पदेमे हुँ, ॐ मत्रिमेदे सालेदु हुँ र ॐ चन्द्र सूर्य मरुत् जप्दै खशान र जडान समाज र संस्कृतिले हिउँका अनेकौं पर्यावाची शब्दहरू काङ, खा, तिसे, ठाँडो, स्नो, हिउँवाने आदि नामहरूमा कथा, व्यथा र जेथासँग मितेरी गाँसेको छ । यसैले त यसलाई न्होरा, खेन्बा, टुल्कु, धामी, वैजी, आम्ची र बिन्त्यारुको रूपमा सम्मान गरिन्छ ।

भूस्वर्गको एक प्रतीक, बिम्ब, उपमा, उपमेय, अनुप्रास, छन्द, मात्रा, गण, लय, भाका, संस्कार, सम्बोधन, अक्षर, शब्द, वाक्य, भाव, अनुच्छेद र गाथा हो । यी शब्दहरू गोप्का, नेप्का, हेप्का, थाली, तुम्कोट, लाली, पाली, लिमी, मिमी, रिमी, चाला, मैला, बारीगाउँ, पिउस, सिमकोट, रोडीकोट, देउली, मारुल्लेकोट, यारी, कुति, त्वाक्ची, ठकुल्लो, हमाल, रोकाया, पार्की, हुड्क्या लावड, हितान, न्हिन्वा, ठेवा, थार, नाफल, तयाँ, उवा, उफल, चिनु, फापर, ल्हाँगो, मैठो, फत्तु जिगेलो, भुवो, चैतलो, छुई, बिटालु, सुम्बा, कुँ, रुपो, पुलिग, लगड, लाप्सी, च्याँउका, कल्ली, पौलाको अर्थ खोज्नु पर्ने बेला आएको छ ।

जलराशीहरु रीपगाड, सर्केगाड, कालागाड, भेडीगाड, मेलगाड, खँगाड, नागाड, ल्हँगाड, लोतीगाड, लिमीखोला, च्वाँखोला, ल्होचाखोला, छडीखोला, फुनछडा, सिमछडा, भुलभुलछडो, कुम्लीकछडा, दुधेदह, तलुङदह, सेलुमनदह, छोल्थुङ्ग्योदह, जाड्ल्यदह, लाप्चादह, लड्यादह, लङकारीदह, निङदह, सेलीमादह, टाइलकुराप, याङगार, यालवाङ, खोल्सी, खार्पू, उनपानी र दर्बीभिड रहेका छन् । जसको जलले भूगोलको तलतललाई ओसिलो, पोसिलो र जोसिलो बनाउँछ ।

कैलास मण्डलाको आधार हो । जसको चार अङ्कसँग लामो साइनो गाँसिएको छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण चार दिसा, जातिभित्र हिन्दु, बुद्ध, बोन र जोन धर्म, बाहुन, क्षेत्री, वैश्य र शुद्र, घोडा, मयुर, सिंह र गोरु जनावर, सिन्धु, सतलज, ब्रह्मापुत्र र गंगाजलाशय, विदेह–द्वीप, गोदानीय–द्वीप, कुरु–द्वीप, जम्बु–द्वीप, पीत्तमणी, सूवर्णमणी, गौमणी, लाममणी, यार्चागुन्बु, पाँचऔंले, निमाटसी, बिकचार बुटीहरू समाहित भएका छन् ।

कैलास मण्डलाको आधार हो । जसको चार अङ्कसँग लामो साइनो गाँसिएको छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण चार दिसा, जातिभित्र हिन्दु, बुद्ध, बोन र जोन धर्म, बाहुन, क्षेत्री, वैश्य र शुद्र, घोडा, मयुर, सिंह र गोरु जनावर, सिन्धु, सतलज, ब्रह्मापुत्र र गंगाजलाशय, विदेह–द्वीप, गोदानीय–द्वीप, कुरु–द्वीप, जम्बु–द्वीप, पीत्तमणी, सूवर्णमणी, गौमणी, लाममणी, यार्चागुन्बु, पाँचऔंले, निमाटसी, बिकचार बुटीहरू समाहित भएका छन् ।

जसरी हुम्लामा प्राकृतिक तथा सांस्कृतिक रुपमा विविधता चित्रित छ । त्यसरी नै सामाजिक संस्कारहरूले विविधतालाई एकतामा अनेकता र अनेकतालाई एकताकोे मालामा गाँसेको छ । त्यसैले स्याँडाको लसुन, खगालगाउँ र बराईँको रातो चिनु, बरागाउँ र तोर्पाको खिस्से फापर, बुराउँसेको चोतीकोइरा, पुमाको गहुँ, सिमकोट र रिमीको जौ, रायाको कोदो, थालीको उवा, दार्मा मिमीको धान, दुल्ली र पिप्लाङको मकैहरुको चर्चा परिचर्चा हुन थालेको छ । लेख, दोजाम, हेप्का, तांगिन, यांगुगाउँहरू महका घारहरूका उपमा भएका छन् । पशुपालन जीवनको आधार बनेको छ । जब जगंलमा खेर गएका चुली, खाम्बु, आरु, धुपी, रिगा, तारुचुक, भाँगाविलो, डिम्बर, वनजीरा, वनलसुन, लौठौ, ढँडेलो, चुत्रो, दारिम, च्याउ, स्याउ र झ्याउ जस्ता विभिन्न किसिमका फलफुल, पातपति¨र सबै आम्दानीका स्रोत बन्दैछन् ।

हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्नबालीहरू दिनप्रतिदिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । र त कालो रङलाई प्राकृतिक रूपमाशक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रूपमा कालो रङलाई मृत्युको रङ भनिन्छ ।

भूगोलको काप–काप र राप–रापलाई एक–एक संकेत र चिन्हको रूपमा विभाजन गर्दै गर्खा, पाखा, दरा, खोला, बीस, कोट, रजवार, गढी, पातीहाल्न, सेरा, गाउँ, मौजा, पट्टी, दग्डा, बाडा, कुडीया, ध्वाङ्ख जस्ता इकाइमा विभाजित गरेको छ । जहाँ सिज्जा हाट, दुल्लु विराटको लहरोमा रानीसैन, मेल्छाम बगर, टौवन, चंखेली, न्यालु धौलावन, च्वाखोला, चाप्रा¨, थोलिङ, देबकोट, जिदिकोट, ल्हुकोट, सिमकोट, रोडिकोट, तुम्कोट र दार्माकोटका भग्नावशेषहरू खोजकर्ताको पर्खाइमा प्रतिक्षारत छन् । यहाँका जातजातिहरूमा माठागाई, चौलागाई, काफ्ले, कालागाई, भट्ट, रोकाया, रावल, बुढा, बुढाथोकी, ऐडी, विष्ट, जेठारा, महतरा, शाही, छत्याल, बम, सिहं, पाल, हितान, थापा, बोगटी, ओरो, भोरो, खाँदी, धराल, पछाल, ठगुल्लो, बुमी, भण्डारी, सार्की, पार्की, कामी, ल्वार, टमटा, भ्याल, लावड, हुड्के आदि छन् ।

यसैले नेपालका खश जातिले कुलस्वामी ग्रहण गरेको मस्टो देवदेवीका परिवारहरूलाई जात, जाति, ठाउँ र अवस्था हेरी सत्व र रज गुण, कालो बोन र सेतो बोन, धामीपन्थी र बोनपन्थी, माच्र्यौक्तील्हा र काट्रच्र्यौक्तील्हा, सुर र असुर, काल र अकाल, शीर र पाउ, दुध र रगत, छाकाल र बास्हारा, योग र वियोगको समपूरक, परिपूरक र अर्थपूरक मान्दै अन्तिम आस्थाको केन्द्रबिन्दुको रुपमा पूजीत छ । यसको मुलस्थान च्छोमाफाम अर्थात् मानसरोवर ताल र च्छोलाका अर्थात् लंकारी तालको अद्भूत शक्तिभित्रको प्रज्ज्वलित प्रवाह भएर शदियौंदेखि दैविक न्यायालयको एक निर्विकल्पको भाव, संस्कार र वादको रूपमा माप्चाको काप्चाकाप्चामा बगिरहेको छ । यो नै हुम्लीहरूको आत्म शुद्धताको रक्तसञ्चार हो ।

हुम्लीहरु भेशभुषा र आभुषणहरूमा वक्खु, जिगेलो, फत्तु, दोचा, सुम्बा, कोट, भोटो, टोपी, गलबन्दी, लाक्पा, गावुन, चोलो, घाग्रो, काम्लो, बर्खो, बटली, तोची, मल्दुर, चक्री, ढुङ्ग्री, कन्नफुल, चेपाउ, जाल्या, बेरउट्या, कल्ली, चुणा, खँगालो, घिटयाँसी, भुगो, यूमाला, प्वाँलो, लडी, आलङ, गालङ, किबु, पोस्योल, कम्पनीमाला, कौडा, थाइकुर, आइकुर लगाउउँछन् । हुम्लामा अन्न तथा खानपानहरूमा थुक्पा, लगड, लाउन, सेल, छयाँकोल, चिउला, च्याँउका, डुबुल्का, चुम्फे, कोल, नाफल, तयाँ, उवा, उफल, चिनु, फापर, लगड, लाप्सी, मुरी, पुली, बाबरहरुको प्रयोग गरिन्छ ।

हुम्लीहरु भेशभुषा र आभुषणहरूमा वक्खु, जिगेलो, फत्तु, दोचा, सुम्बा, कोट, भोटो, टोपी, गलबन्दी, लाक्पा, गावुन, चोलो, घाग्रो, काम्लो, बर्खो, बटली, तोची, मल्दुर, चक्री, ढुङ्ग्री, कन्नफुल, चेपाउ, जाल्या, बेरउट्या, कल्ली, चुणा, खँगालो, घिटयाँसी, भुगो, यूमाला, प्वाँलो, लडी, आलङ, गालङ, किबु, पोस्योल, कम्पनीमाला, कौडा, थाइकुर, आइकुर लगाउउँछन् ।

हुम्लामा अन्न तथा खानपानहरूमा थुक्पा, लगड, लाउन, सेल, छयाँकोल, चिउला, च्याँउका, डुबुल्का, चुम्फे, कोल, नाफल, तयाँ, उवा, उफल, चिनु, फापर, लगड, लाप्सी, मुरी, पुली, बाबरहरुको प्रयोग गरिन्छ ।

योद्धाहरु मस्टपा, काङ–री–पो–च्छे, सेन्रावमिवेचे, मीलारेप्पा, तोन्वासेन्राप, ह्युल्छा, मालिका, कालिका, गेसर, नोर्जाङ, न्याओओम्फा, अशोक चल्ल, पृथ्वीमल्ल, बलीराज, सोभानसाई, नागराज, देवराज, रिन्छेन जाङपो, गोल्हण, कल्हण, ह्वाडेखोली, रामपाल, बाँडपाल, शंखपाल, लरीपाल जस्ता ऐतिहासिक, पौराणिक, लौकीक, अलौकीकपात्रहरूको संस्कारमा संस्कारीएको निधि र विधि खोज्न आवश्यक छ ।

हिमालय भएकोले यसको धरातलमा बनेका शब्द सम्पदाहरूको खोजीले हाम्रो सांस्कृतिक मानवशास्त्रको गोरेटोलाई जीवनका अनेकौं पाटाहरू, खाटाहरू र बाटाहरू पहिल्याउन सक्छौं । जीवनका याम आयामहरूको खोजीले जीजिविषाको यात्रालाई गतिशील बनाउँछ ।

जीवनका अवयवहरू झैँ सिङ, पुच्छर, जीउ, आँखा, कान र नाक हाम्रा यी कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरूमा मस्टोको आस्था छ । बाह्रभाइ मस्टो नौ दुर्गा भवानी, सोह्रमाला, सोह्रपैकेला, बेताल, झाँक्री, सानभान, सुमैजी, पैकेला, पीत्त र म्वीँया आदि गाथा, कथा र व्यथाको पैत्रिक, मातृक तथाभातृक नातागोता, इस्टमित्र र मीतमीतेरी अनेकौं पारिवारिक मण्डल, मण्डप तथा कुण्डल जस्ता सम्बन्ध रहेका छन् । यसैले पनि दुधभोगी देवताको सम्बन्ध च्छोमाफामसँग र रक्तभोगी देवताको सम्बन्ध च्छोलासँग रहेको छ । जहाँ दुधभोगी देवता हुन्छ । त्यहाँ स्त्री र पुरुष, जोड र घटाऊ, सानो र ठूलो, यता र उता, तल र माथि, एक्स र वाई जस्ता सम्पदारूमा जेलिएको, रुमलिएको र आस्थिएको छ ।

‘देशको ऐनभन्दा खोलाको चैन’ चरितार्थ भएको छ । यहाँको आफ्नै संसार छ । आफ्नै सत्ता छ । आफ्नै शासन छ । यो एक तपोभुमि हो । यो एक हजार वर्ष पुरानो रिन्छेलीन अर्थात् रत्नदीप गुम्बा हो । यो एक ऐतिहासिक, पुरातात्विक, सामाजिक र सांस्कृतिक महत्व बोकेको स्थल हो । यसले खश शासन सत्ताको अतितलाई सँगालेर राखेको छ । यसको सामरीक महत्व रहेको छ । जहाँ नाइकोर्बाको सोनाम र फुत्लाई बर्जीत गर्ने एक प्राकृतिक किल्ला हो । रक्षास्तम्भ हो ।

यो गाउँ, यो ठाउँ र यो नाउँता, ला, सा, खा र जाको अनुपम संगम बोकेको प्रकृतिको निश्चल, निश्कलङ्क, निर्मल र निर्झर क्यानभास हो । जहाँको भुमिमापाइला टेक्दै पबित्रताको अंकमाल गर्छ । र त अनेकतामा एकता र एकतामा अनेकताको भाव र राप बोकेको छ ।

खशखशिया र हुम्ला ! हुम्ला खश साम्राज्यको आधारभूमिको एक खण्ड हो । यहाँ खशान र जडानको समायोजनबाट संस्कृतिको धरोहर चुलिएको छ । यसैले होला ‘उत्तर दक्षिण राजमार्ग’को माध्यमबाट दक्षिणतिर एक सय एघार र उत्तरतिर चौहत्तर प्रकारका सरसामानहरूको वस्तु विनिमयको माध्यमबाट ब्यापार हुन्थ्यो । ‘म को हुँ ? म के हुँ ? को आफ्नो ? को र के अर्काको ? को हामी ? कसको के जिम्मेवारी ? कसको कस्तो कर्तव्य ?’ खश, शक, कश, कस्साइटक जस्ता गौरवमय शब्द सम्पदाको पोको बोकेर मात्र हुँदैन । शासकको नवउपनिवेश बनाउने राहतको कनिका खाएर मात्र हैन कि एक–एक एकलव्यको धनुषको वाण समातेर उत्रनु पर्छ । एक–एक देवब्रत भएर माटो र माताको लागि ब्युँझनु पर्छ । तब मात्र सामाजिक रूपान्तरणको बाटोमा लाग्न सकिन्छ ।

खशखशिया र हुम्ला ! हुम्ला खश साम्राज्यको आधारभूमिको एक खण्ड हो । यहाँ खशान र जडानको समायोजनबाट संस्कृतिको धरोहर चुलिएको छ । यसैले होला ‘उत्तर दक्षिण राजमार्ग’को माध्यमबाट दक्षिणतिर एक सय एघार र उत्तरतिर चौहत्तर प्रकारका सरसामानहरूको वस्तु विनिमयको माध्यमबाट ब्यापार हुन्थ्यो । यसबाट यहाँको धर्म, संस्कृति र पर्यटन जस्ता विविध कुराहरूको विकास र विस्तारमा टेवा पुग्नुको साथै पशुपालन पनि आर्थिक मेरुदण्डको आधारस्तम्भ रहेको छ । त्यसबेलाको समन्वयात्मक धार्मिक संस्कार, बहुलतावादी संस्कृति र सहकारी अर्थ पद्दतिको त्रिकोणात्मक रेखा र क्रमाङ्कहरू भाषा, सीप, ज्ञान, प्रविधि, जैविक विविधता र परम्परागत वानस्पतिक उपचार पद्दति र संहिताले आत्मनिर्भर बनाएको थियो तर कालान्तरमा खश मण्डलको विभाजनबाटै परनिर्भताको खाडल बन्यो र खन्यो । काठमाडौं घाँटीलाई सात पटकसम्म आक्रमण गर्ने खशियाहरू आधुनिककालमा गोर्खाली अर्थात् सरकारी कामका लागि हली, गोठालो र कारिन्दाहरू मात्रै बनेका छन् ।

‘म को हुँ ? म के हुँ ? को आफ्नो ? को र के अर्काको ? को हामी ? कसको के जिम्मेवारी ? कसको कस्तो कर्तव्य ?’ खश, शक, कश, कस्साइटक जस्ता गौरवमय शब्द सम्पदाको पोको बोकेर मात्र हुँदैन । शासकको नवउपनिवेश बनाउने राहतको कनिका खाएर मात्र हैन कि एक–एक एकलव्यको धनुषको वाण समातेर उत्रनु पर्छ । एक–एक देवब्रत भएर माटो र माताको लागि ब्युँझनु पर्छ । तब मात्र सामाजिक रूपान्तरणको बाटोमा लाग्न सकिन्छ । जस्ता अहम् सवालहरूमा हामीले सोच्नु परेको छ ? मात्रै मात्रह्याङ्ओभरमा झुण्डिएर बाँच्दैछु, बाँचिरहेछु…? यस्तै छ मेरो हुम्ला र हुम्लीको मनोदशा, मनोकाङ्क्षा र मनोभावना ? तर कहिलेसम्म यस्तो भावनालिएर बाँच्ने हँ ?आफैलाई हजारौं पटक प्रतिप्रश्न गरौं, तब मात्र जवाफ पाउन सक्छौं ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको