३ आश्विन २०८०, बुधबार

हुम्लाको लिमी गाउँ पर्यटन गाउँका रूपमा छनौट



समर हुम्ली

११ पुस, काठमाडौं । नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लिमी गाउँलाई पर्यटन गाउँका रूपमा छनौट गरिएको छ । पर्यटन प्रर्बद्धनलाई ग्रामीणस्तरमा पुगाएर दिगो आय आर्जनको माध्यम बनाउनका लागि यस्तो नीति तय गरिएको हो ।

पर्यटन गाउँ छनौटका लागि वन डिभिजन कार्यालय, हुम्लाले गाउँपालिकाका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वयका संयोजक तथा अन्य सरोकारवालाहरुको बैठकले यस्तो निणर्य गरेको हो । कणर्ाली प्रदेशका दश जिल्लाबाट एक-एक गाउँको छनौट गरेर पठाउनु पर्ने प्रावधान अनुसार यस्तो निणर्य गरिएको वन डिभिजन कार्यालय, हुम्लाका निमित्त कार्यालय प्रमुख निरज झाले जानकारी दिए ।

आर्थिक.वर्ष २०७७/०७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको पर्यटन प्रर्वद्धन कार्यक्रम अनुसार हुम्लाको प्राकृतिक, सांस्कृतिक तथा जैविक क्षेत्रको रुपमा परिचित लिमी क्षेत्रलाई सबैको सहमतीले लिमीलाई पर्यटन गाउँका रूपमा छनौट गरिएको हो ।

कर्णाली प्रदेशका दश जिल्लाबाट गएको जानकारीलाई विश्लेषण गरेर एक नमुना पर्यटकीय गाउँ छनौट हुने भएको छ । यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

यदि कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनौट भएमा यसले सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रूपमा विकास र विस्तार हुनसक्ने स्थानीयबासीले आशा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको