१७ आश्विन २०८०, बुधबार

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा भिषण डढेलो, आगो नियन्त्रणमा लिन कठिन्



११ पुस, काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको थावाखोला सामुदायिक वनमा डढेलो भीषण डढेलो लागेको छ ।

बिहान ९ बजेदेखि लागेको डढेलो तीव्र हावाका कारण फैलिइरहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए।

मन्दिरको दक्षिणपट्टी अवस्थित सामुदायिक वनमा वनमा कसैले डढेलो लगाएको आशंका गरिएको छ ।

बिहीबार पनि सो वन क्षेत्रमा लगाइएको डढेलो मन्दिरका कर्मचारी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

डढेलो तीव्र गतिमा फैलिइरहेकाले निभाउनका लागि सदरमुकामबाट मेजरको नेतृत्वमा ३० जनाको नेपाली सेनाको टोली, प्रहरी निरीक्षकको नेतृत्वमा २० जना प्रहरी र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली पाथीभरा क्षेत्र पठाइएको चापागाईंले बताए ।

सदरमुकामबाट पाथीभरा पुग्न अढाइ घन्टा लाग्ने भएकाले स्थानीय, पाथीभरा क्षेत्रमा खटिएका प्रहरी डढेलो निभाउन लागिसकेको चापागाईंले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको