७ आश्विन २०८०, आईतवार

अनौठो कुर्सी मोह: ‘प्रतिनिधि सभा विघटन आत्मघाती’ भनेको ५ दिनपछि मन्त्री बने यि नेता



११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आठ जना नयाँ मन्त्री र एक राज्यमन्त्रीसहित ९ जनाको मन्त्रीमण्डल विस्तार गर्दा ५ जना पूर्वमाओवादी समूहका नेता मन्त्री बने ।

बडा अनौठो विषय के छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा ५ दिन अघि ‘प्रतिनिधि सभा विघटन आत्मघाती’ हो भनेर कडा असहमती जनाउँदै प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेता प्रभु साह मन्त्री बेनका छन् ।

प्रचण्ड नेपाल पक्षको बैठकमा सहभागी भएर ओलीलाई अध्यक्षबाट हटाउने सर्वसम्मत निर्णयको पक्षमा उभिएका साह ओलीकै नेतृत्वमा शहरी विकास मन्त्री बनेका छन् । उनले नेताहरूको बोली र व्यवहारमा चरम मतभेद छ भन्ने बुझाइलाई हतारमै प्रमाणित गरिदिएका छन् ।

प्रचण्ड नेपाल पक्षको बैठकमा सहभागी हुँदा उनले पार्टी दुई अध्यक्ष बनाउन नहुने धारणा राख्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने सन्दर्भमा असहमति जनाएका थिए ।

माओवादी जनयुद्धको जगबाटै नेताको रूपमा उदाएका साह प्रचण्डलाई चटक्क छोडेर संसद विघटनको विरोधमा उत्रिएको पाँच दिनपछि शुक्रबार शहरी विकास मन्त्री बनेर सिंहदरबार छिर्दा कर्मचारीहरू पनि छक्क परेका छन् ।

शहरी विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘यस्तै कुराले हो हामीलाई अश्चर्य र दिक्क बनाउने । ‘देश स्थिरतामा गयो भनिए पनि कुन व्यक्ति एक्कासी मन्त्री बनेर आउने र कति दिन बसेर बिदा हुने भन्ने उपक्रम रोकिएन ।’

केहि महिनाअघि प्रधानमन्त्री ओलीको मन्त्री परिषदबाट बाहिरिएपछि साह उनको विपक्षमा कडा रूपमा उभिँदै आएका थिए । साहले ५ दिन अघिको फेसबुक पोष्टमा यस्तो लेखेका थिए, ‘पार्टी नेतृत्वबीच सहमतिमा अगाडि बढ्नुको सट्टा संविधानको मूलमर्म र जानदेश विपरित दुई वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको