१४ फाल्गुन २०७७, शुक्रबार

जाडोमा घाम ताप्नुस्, मधुमेहदेखि मुटुरोगीलाई समेत फाइदा पुग्छ !



११ पुस, काठमाडौं । जाडोमा घाम ताप्नाले तत्कालका लागि आनन्ददायक र न्यानो हुने मात्र नभएर शरीरको लागि निकै फाइदाजनक हुन्छ । जाडो महिनामा बिहान वा दिउँसोको घाममा बस्नाले शरीर न्यानो बनाउनुका साथै कैयौँ प्रकारका स्वास्थ्य समस्याबाट समेत बचाउने गर्दछ ।

यी हुन जाडोमा घाम ताप्नुका फाइदा :

घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने नै हो । यसका साथै घामले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउँछ ।

बिहानी समयको घाम त अझ शरीरको रक्तसञ्चारलाई सन्तुलित बनाउन पनि महत्त्वपूर्ण हुन्छ । घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोकेर रक्तसञ्चारलाई चुस्त पार्छ ।

घाममा बस्दा शरीरले अत्यधिक भिटामिन डी ग्रहण गर्ने हुनाले हाडको विकासको लागि सहयोगि बन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारीरिक दुखाइ पनि कम गर्छ ।

दिमागलाई तनावमुक्त बनाई रातको समयमा गहिरो निद्रा लिन जाडोको घामले सहयोग गर्छ ।

नियमित रुपमा घाममा बस्नाले विभिन्न खालका किटाणुको संक्रमबाट बच्नुका साथै मधुमेही र मुटुरोगीलाई समेत राहत दिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु