२० श्रावण २०७८, बुधबार

कोरोना सङ्क्रमित वामपन्थी नेता स्वनाम साथीको निधन



१० पुस, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण पुराना वामपन्थी नेता एवं माक्र्सवादी चिन्तक स्वनाम साथी (शसी शेरचन)को निधन भएको छ ।

मोडेल अस्पतालमा उपचाररत ७० वर्षीय स्वनामको शुक्रबार साँझ निधन भएको पारिवारिक स्रोतले जानाकारी दिएको छ ।

उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो ।

बुढेसकालमा किरण गौतमसँग विवाह गरेका उनका सन्तान छैनन् । म्याग्दीको अर्मनमा २००७ साल साउन १७ गते उनको जन्म भएको थियो।

उनी नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु