२२ फाल्गुन २०७७, शनिबार

गणतन्त्रको रक्षार्थ प्रचण्ड-नेपालसँग मिल्छौं: गोपाल किराँती



१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले गणतन्त्रको रक्षार्थ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको प्रतिरोध गर्न नेकपा प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्न आफू तयार रहेको बताएका हुन् ।

किराँती यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेका तत्कालिन माओवादी पार्टीमा थिए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएपछि किराँतीले छुट्टै पार्टी गठन गरेका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीले अप्रत्यासित रूपमा संसद् विघटन गरेपछि दुई ध्रुवमा विभाजित भएको छ । पार्टी वैधानिकताका लागि अहिले दुवैपक्षले संघर्ष गरिरहेका छन् । प्रचण्ड–नेपालसँग पार्टीका हरेक समितिमा बहुमत छ ।

ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल पक्षले आजबाट सडक संघर्ष थाली सकेको छ । माओवादी केन्द्रका अध्यक्ष किराँतीले पनि ओलीको असंवैधानिक कदमको प्रतिरोधमा सडक आन्दोलनको आँधीवेहोरी खडा गर्नुपर्ने र त्यस दिशामा आफ्नो पार्टी सक्रियतापूर्वक लागिसकेको जनाएका छन् ।

ओलीको कदमको प्रतिरोधमा प्रचण्ड–नेपाल पक्षसँग तालमेल र सहकार्यको सम्भावना के छ ? भन्ने प्रश्नको जवाफमा किराँतीले भने, ‘नेकपाले ओलीलाई कारवाही गरी पार्टीबाट निष्काशन गर्छ भने जनतन्त्रको रक्षार्थ प्रचण्डसँग सहकार्य गर्न सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु