२२ जेष्ठ २०८०, सोमबार

प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद विस्तार, प्रचण्ड छाडेका ५ नेता बने मन्त्री



१० पुस, काठमाडौं । संसद विघटनको चौतर्फी विरोध भइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार ८ जना मन्त्री र १ जना राज्यमन्त्रसहित ९ जना थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

प्रचण्ड निकट नेता टोपबाहदुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङलाई मन्त्री प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको