२० जेष्ठ २०८०, शनिबार

ओलीलाई नेपालको कडा जवाफ : ‘प्रालिका सम्पत्ति हामी लिदैनौं, नेकपाको सम्पत्ति हाम्रो हुनेछ’



१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको सम्पत्ति आफूहरूको भएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काउदै नेकपाको सम्पत्ति आफुहरूको हुने दाबी गरेका हुन् ।

केही दिन अगाडि योहो टेलिभिजनमा अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले पेरिसडाँडाको सम्पत्ति दाबी नगर्ने बताउदै पूर्वएमालेको सम्पत्तिमा अरूको हक नलाग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पछि लागेकोले सम्पत्ति दिन नसकिने बताएका थिए । तर नेता नेपालले भनेकय छन्, ‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ । कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको