कालो ब्यानरसहित संसद विघटनको विरोध, प्रचण्ड–नेपाल माइतीघरमा
९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा अध्यक्षद्वय पुष्ककमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतिघरमा उत्रिएका छन् ।
शुक्रबार बिहान साडे ९ बजेदेखि छातिमा ‘हामी यहाँ छौं’ टासेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित समूह प्रदर्शनमा उत्रिएको हो।
शिन्तिपूर्ण प्रदर्शनमा उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातिमा ‘हामी यहाँ छौं’ टाँसेर सडकमा बसेका छन् ।
‘प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक हो’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–नेपाल समूह प्रदर्शनमा उत्रिएको हो ।