३ आश्विन २०८०, बुधबार

कर्णाली प्रदेशका कानुनमन्त्री भण्डारी र सांसद शाहले छोडे बादलको साथ



१० पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली समूहमा जादा कर्णाली प्रदेशका उनी निकट दुई नेताले साथ छोडेका छन् । कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र प्रदेश सभा सांसद कृष्ण शाहले नेता ‘बादल’को साथ छाडेका हुन् ।

सत्तारुढ दल नेकपामा देखिएको विभाजनमा केहि समय मौन देखिएका गृहमन्त्री थापा ओली समूहमा प्रवेश गरेपछि पूर्वमाओवादीको तर्फबाट सांसद बनेका दुवै जनाले प्रचण्ड–नेपाल समूहमै रहने बताएका छन् ।

भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद र शाह जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन् ।

हाल काठमाडौंमा रहेकी सांसद शाहले आफूहरुले गलत नेतृत्वको साथ छोडेको प्रतिकृया दिइन् । शााहले बादलले ओलीको असंवैधानिक कार्यलाई साथ दिएर ठूलो गरेको समेत बताइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको