६ आश्विन २०८०, शनिबार

९ वर्षिय बालक बने युट्युवबाट सर्वाधिक कमाउने व्यक्ति, वर्षमा साढे ३ अर्ब आम्दानी



९ पौष, काठमाडौं । अहिलेको समयमा डिजिटल मिडिया धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम बनेको छ । डिजिटल मिडियामा प्लाटफर्मको खास विशेषता भनेको आम्दानीको मामिलामा उमेरले केही फरक पार्दैन । साना बच्चादेखि लिएर बुढापाकासम्म सबैले युट्युबलगायतका प्लाटफर्मबाट करोडौँ कमाउन सक्छन् ।

भर्खरै सार्वजनिक भएको एक तथ्यांक अनुसार सन् २०२० मा युट्युबबाट सर्वाधिक रकम कमाउनेमा युट्युबरको रुपमा ९ वर्षका एक बालक परेका छन्। यी बालक लगातार तेश्रो वर्ष पनि युट्युबबाट सर्वाधिक कमाउने युट्युबर बनेका हुन् । उनी युट्युबबाटै अरबपति बन्न सफल भएका छन् ।

रायन काजी नाम गरेका उनी अमेरिकाको टेक्सासमा बस्दछन् । ९ वर्षिय रायनले युट्युबमा खेलौना तथा गेमहरु अनबक्स गर्नुका साथै त्यसको समीक्षा समेत गर्दछन् । उनले आफ्नो युट्युब च्यानलबाटै सन् २०२० मा २ करोड ९५ लाख डलर अर्थात् झण्डै साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । रायनले यो वर्ष वर्ल्ड ब्राण्डेड टोए एण्ड क्लोथिङका माध्यमबाट थप २० करोड डलर कमाइसकेका छन् ।

‘ह्युज एग्स सरप्राइज टोय च्यालेन्ज’ रायनको सबैभन्दा लोकप्रिय भिडियोको रुपमा रहेको छ। सो भिडियो अहिलेसम्म दुई अर्ब मानिसले हेरिसकेका छन् । युट्युबको इतिहासमा अहिलेसम्मै सबैभन्दा धेरै हेरिएका शीर्ष ६० भिडियोमध्ये उनको यो भिडियो पर्दछ । भर्खरै मात्र रायनले निकलोडिएनसँग आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने सम्झौतासमेत गरिसकेका छन् ।

सन् २०१५ देखि रायनले युट्युबमा भिडियो बनाउन सुरु गरेका हुन् । उनलाई भिडियो बनाउने सोच खेलौनाको समिक्षाको भिडियो देखेसँगै आएको थियो । केही वर्षमै ह्वात्तै लोकप्रियता बढेपछि रायन सन् २०१८ तथा २०१९ मा पनि युट्युबमा सबैभन्दा धेरै आम्दानी गर्ने युट्युबरको रुपमा स्थापित भए ।

रायनको लोकप्रियता देखेर थुपै्र कम्पनीहरु उनीसम्म पुगी आफ्ना कम्पनीका नयाँ खेलौनाहरु अनबक्स गर्न तथा समीक्षा गर्नका लागि गुहाँर गरिरहेका छन् । यसका लागि रायनले निकै मोटो रकम लिने गरेका छन्।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको