२२ जेष्ठ २०८०, सोमबार

काँग्रेसद्वारा ओलीको असंवैधानिकि कदम विरुद्ध १३ गते प्रदर्शन



९ पौष, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक रूपमा गरिएको संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने भएको छ ।

बिहीबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको महतको भनाइ छ।

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान वाध्य भएका हुन् ।

आज बसेको पौडेल पक्षिय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्ष गर्नु पर्ने निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको