२१ फाल्गुन २०७७, शुक्रबार

प्रचण्ड–माधव समूहद्वारा १४ गते देशभर प्रदर्शन गर्ने



९ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडक आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाडौंमा भोलिदेखि नियमित रुपमा विरोधका कार्यक्रमहरु गरिने छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार १४ गते देखि देशव्यापी प्रदर्शन गरिने छ । काठमाडौंमा मुख्य प्रदर्शन हुने बिरोध कार्यक्रममा बागमती प्रदेशका सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिने प्रवक्ता श्रेष्ठले जानकारी गराए। उनले यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा सहित नेपाल बन्दसम्म पनि हुनसक्ने बताए ।

प्रवक्ता श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको छ । उक्त बैठकले पुस १० गते माइतीघर मण्डलाबाट संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय समेत गरेको छ । २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडा स्तरमा बैठक एवं भेला गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु