जसपा हुम्लाले गर्यो ओलीको असंवैधानिक कदमको विरोध
८ पुस, हुम्ला । जनता समाजवादी पार्टी हुम्लाले पनि प्रधानमन्त्री केपी ओलीले चालको असंवैधानिक कदमको विरोधमा सिमकोट बजारमा विरोध र्याली निकालेको छ ।
विभिन्न प्रकारका नारा लेखिएको प्लेकार्ड बोकेर केपी ओली र विद्यादेवी विरूद्ध नारा लगाउँदै सिमकोट बजारमा रहेको जनता समाजवादी पार्टीको कार्यालयबाट कालीचोक, काटेचुली र धुपीरुखसम्म बजार परिक्रमा गरिएको हुम्लाबाट प्रतिनिधित्व गर्ने जसपा केन्द्रीय सदस्य वीरजंग शाहीले जानकारी दिए ।
विरोध प्रदर्शनमा प्रधानमन्त्रीको संसद विघटन गर्ने असवैधानिक कदम मुर्दाबाद, मुलुकलाई दिसाहिनतातर्फ धकेल्न पाइदैन, प्रधानमत्रीको कदम मुर्दाबाद, केपी विद्या हर्कत मुर्दाबाद, प्रजातन्त्रबादी शक्ति एक हौँ, जनप्रतिनिधिको सर्वोच्चता जिन्दाबाद लगायतका नारा लगाइएको थियो । स्थानीय प्रशासनले पनि ठूलो सुरक्षा जस्ता खटाएको थियो ।
यो सहित केपी ओलीको असंवैधानिक कदमविरूद्ध दिन प्रतिदिन विरोधका कार्यक्रमहरू भईरहने हुम्लाका अन्य राजनीतिक दलका प्रतिनीधिहरूले जानकारी दिएका छन् । जसपा हुम्लाले बुधबार गरेको विरोध प्रदर्शन दोस्रो हो ।