१ आश्विन २०८०, सोमबार

राखेप सदस्य सचिवमा आवेदक २७ मध्ये ३ को नाम सिफारिस



७ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिसद सदस्य सचिवका लागी तिन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको ति सदस्यीय सिफारीस समितिले आवेदक २७ मध्ये ३ जनाको नाम सिफारिस गरेको हो ।

जसमा निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रिय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । अब खेलकुद मन्त्रालयले सिफारिस भएका तिनै जनाको नाम पेश गरेपछि मन्त्रीपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद(राखेप)को सदस्यमा सचिवमा एक जना छनोट गर्नेछ ।

खुल्ला प्रतिस्पर्धाका आधारमा पहिलो पटक छनोट गर्न लागिएको राखेप सदस्य सचिवका लागी खेलकुद मात्र होइन राजनीतिक क्षेत्रका व्यक्तिहरुले पनि आवेदन दिएका थिए ।

राखेपको सचिव बन्नको लागी ३० वर्ष पुरा भएको, नेपाली नागरिक भएको, खेलकुद क्षेत्रमा ५ वर्ष काम गरेको प्रचलित कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्ने नयाँ ऐनमा प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको