५ आश्विन २०७८, मंगलवार

माधव नेपालको प्रस्तावमा प्रचण्ड बने नेकपा संसदीय दलको नेता



८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीयय दलको नेता चुनिएका छन् ।

मंगलबार बानेश्वरमा बसेको नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको एक सांसदले जानकारी दिएका छन् ।

आजको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय पारित गरी सर्वसम्मत प्रचण्डलाई दलको नेता चुनेको हो ।

प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए ।

आजको बैठकमा ९० बढी नेकपा सांसदरू उपस्थित भएको दाबी गरिएको छ । आइतबार विघटन गरिएको प्रतिनिधि सभामा नेकपा सांसदको संख्या १७४ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको