२१ मंसिर २०७८, मंगलवार

राणा शासकका लागि भीमफेदीदेखि गाडी बोक्ने ‘जिउदो इतिहास’ घलानको निधन



८ पुस, काठमाडौं । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्येका एक हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय ‘जिउँदो इतिहास’ घलानको गएर गए राति निधन भएको हो ।

घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।

जीवनभर २५ गाडी बोकेका घलानले वि.सं २००६ देखि नै गाडी बोक्न शुरु गरेकय थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेकय थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।

आफ्ना बुबाले राणाहरूको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाउने गरेका थिए । एक वर्षदेखि पक्षघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको