१९ जेष्ठ २०८०, शुक्रबार

सुदन र मेलिनाको उडी जाने जेट बजारमा (भिडियोसहित)



७ साउन, काठमाडौं । चर्चित गायीका मेलिना राई र सुदन गैरेको युगल गायनमा ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । अमेरिकाको भर्जिनीयामा बसेर गायनमा सक्रिय गैरेले उडी जाने जेट बजारमा ल्याएका हुन् ।

लेखु सहयात्रीले लखेका शब्दमा सुवास भुसालको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
गीतको भिडियोमा एलिशा शर्मा र भिजु पार्कीको नृत्यसहितो अभिनय हेर्न सकिन्छ । अस्ट्रेलिया र अमेरिकाको विभिन्न रमणीय स्थलह?मा छायाँकन गरिएको गीतको भिडियो मिठो बनेको छ ।

प्रमोद कुमार भण्डारीको नृत्य निर्देशन, अनिल कुमार मानन्धरको छायाँकन र प्रविण भट्टको सम्पादन रहको उडी जाने जेटको निर्देशन गणेश शाहीले गरेका हुन् । अस्ट्रेलियन मोडेलको समेत अभिनयले भिडियो रोचक बनेको छ ।

भिडियो हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको