१३ फाल्गुन २०७७, बिहीबार

अब नेकपा संसदीय दलको नेता प्रचण्ड



८ पुस, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाको बुधबार बस्ने संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गर्ने एक नेताले जानकारी दिएका छन् ।

प्रचण्ड–नेपाल पक्षीय नेकपाको मंगलबारको बैठकले माधव नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरिसकेको छ ।

माधव नेपाल निकट एक नेताले प्रचण्डलाई दलको नेता बनाउने केन्द्रीय कमिटीमा निर्णय नभए पनि नेताहरुका बिचमा त्यो सहमति भइसकेको बताए ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।

प्रचण्ड–नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार बसेको बैठकमा ९० जना सांसदको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु