११ मंसिर २०७८, शनिबार

नागढुङ्गा सुरुङ मार्ग निर्माण सुरू, सन् २०२३ मा निर्माण सम्पन्न हुने



७ पौष, काठमाडौं । धादिङको सिस्ने खोलादेखि काठमाडौंको थानकोटस्थित टोटीटोलसम्मको सुरुङ मार्ग निर्माण कार्य सुरू भएको छ । जापानी ठेकेदार कम्पनीले मंगलबार नारायणघाट–मुग्लिन–नौबिसे हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडकबाट सुरूङ खन्ने काम सुरू गरेको हो ।

आयोजनका अनुसार सुरुङ मार्गको कुल लम्बाइ २.३८ किलोमिटर छ । यसमा ३.५ मिटर चौडाइका दुई लेन हुनेछन् । अहिले धादिङ खण्डमा माटो खन्ने, पर्खाल लगाउने, सडक चौडा पार्ने लगायत काम भइरहेको छ ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले २०६९ साल माघदेखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण आयोजना प्रस्ताव गरेको थियो ।

प्रस्तावित सुरुङमार्ग निर्माण भएपछि नागढुंगा भञ्ज्याङको सडकको अवस्था सुधारिने र यात्रा सुरक्षित हुने अपेक्षा गरिएको छ ।

सन् २०२३ अप्रिलसम्म निर्माण कार्य सकिसक्नुपर्ने गरी सुरुङ मार्ग निर्माणको जिम्मा जापानको ठेकेदार कम्पनी हाजमा एन्डो करपोरेसनलाई दिइएको छ ।

प्रस्तावित नागढुंगा सुरुङ मार्गको निर्माणका निम्ति नेपाल सरकार र जापान सरकारको बीच चार वर्षअघि नै ऋण सम्झौता भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको