६ आश्विन २०८०, शनिबार

कर्णाली खेलकुद परिषद् सदस्य–सचिवमा सञ्ज्याल र उपाध्यक्षमा हमाल नियुक्त



७ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वामित्र सञ्ज्याल र उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवंम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी गराइन।

सदस्य–सचिव संज्याल सान्नीत्रिबेणी गाउँपालिका कालीकोटका हुन् । उनी राष्ट्रिय खेलकुद परिषद्का पूर्व इन्जिनियर हुन् ।

वीरेन्द्रनगर सुर्खेतका नवनियुक्त उपाध्यक्ष हमाल जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष तथा मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालकसमेत हुन् ।

प्रदेश खेलकुद परिषद्को सदस्यहरुमा हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भूमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखकी हेमा खड्कालाई नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको