२० जेष्ठ २०८०, शनिबार

१ नम्बर प्रदेशको पहिलो बालमैत्री नगरपालिका भद्रपुर



७ पौष, झापा । प्रदेश नम्बर १ को पहिलो तथा नेपालको पाँचौँ बालमैत्री नगरपालिकाको रूपमा आज भद्रपुर नगरपालिका घोषणा भएको छ । प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले भद्रपुर नगरपालिकालाई आज बालमैत्री नगर घोषणा गरेकी हुन् ।

बालमैत्री नगरपालिका निर्माणको यात्रामा भद्रपुरले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेपछि प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरेको छ । मन्त्री गजमेरले बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा अनवरतरूपमा लाग्दै बालमैत्री संस्कार प्रदान गरी भद्रपुरले बालमैत्री नगरको औचित्यता र दिगोपनामा अमूल्य योगदान पुर्याउने आशा व्यक्त गरिन् ।

नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठले राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा यस नगरले बालबालिकालाई नेतृत्वदायी भूमिका निर्वाह गराउने प्रतिबद्धता व्यक्त गरिन् । हाल झण्डै ७२ हजारको हाराहारीमा जनसङ्ख्या रहेको नगरमा २२ हजार १ सय १२ जना बालबालिका र ५७ वटा बाल विकास केन्द्र रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले जानकारी दिए ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको