१४ फाल्गुन २०७७, शुक्रबार

प्रचण्ड–नेपाल समूहको बैठक : नेकपाका दुई तिहाई केन्द्रीय सदस्यले गरे हस्ताक्षर



७ पौष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइभन्दा बढि केन्द्रीय सदस्य प्रचण्ड–माधव नेपाल समूहमा रहेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ ।

बैठक स्थलमा राखिएको पुस्तिकामा ३१५ केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेका छन्। यो संख्या वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘४४१ मा कतिजना राजकिय नियुक्ति भएर पाटीृबाट विदा लिनु भएको छ । कति जनाको मृत्यू भएको छ । र पनि यहाँ जम्मा ३१५ जनाको उपस्थिती रह्यो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु