१९ फाल्गुन २०७७, बुधबार

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय



७ पौष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी माधवकुमार नेपाल अध्यक्ष बनाउने निर्णय गरेको छ ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी कमिटीको बैठकमा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ । पार्टीको विधान अनुसार प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् ।

प्रचण्ड–माधव समूहका नेताहरुले महासचिव पौडेल नै बैठकमा आउने अपेक्षा गरिएको बताइएको छ । उनी नआए अध्यक्षले माइन्यूट उठाउने छन् ।

महासचिव विष्णु पौडेल अध्यक्ष ओली समूहले बोलाएको बैठकमा पनि गएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु