५ आश्विन २०७८, मंगलवार

९ विद्यार्थी संगठनले संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्ने



७ पौष, काठमाडौं । विभिन्न राजनीतिक दलसँग आवद्ध नौ विद्यार्थी संगठनहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रतिरोध आन्दोलन गर्न आह्वान गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयोजनमा आज बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।

बैठकमा नेविसंघका तर्फबाट अध्यक्ष राजिव ढुंगाना, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, विप्लव निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, गोपाल किराँती सम्बद्ध अखिल (क्रान्तिकारी)का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई लगायत अन्य जिम्मेवार नेताहरू पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको