६ आश्विन २०८०, शनिबार

ओली समुहले बनायो ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति



७ पौष, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटारमा मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गरेका थिए । उक्त नामावली अनुमोदन गर्न मंगलबारको बैठकमा प्रस्ताव गरेका थिए । बैठकले ओलीको उक्त प्रस्ताव अनुमोदन समेत गरेको कुरा थापाले बताए।

थापाका अनुसार कुल ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा वर्तमान केन्द्रीय कमिटीका ४४७ जना, मनोनित गरिएका ५५६ जना रहेका छन् । त्यसमा रिक्त १९६ जना पछि थप गर्ने उनले बताए ।

ओली समुहका केन्द्रीय सदस्यहरुको बैठकले हालै विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु स्‍वतः महाधिवेशन आयोजक समिति सदस्य हुनेछन् । थप गरिएका महाधिवेशन आयोजक कमिटीका सदस्यलाई ओलीले मंगलबार नै सपथ गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको