१६ श्रावण २०७८, शनिबार

नबिल बैंकद्वारा वाणिज्य बैंकमध्येकै धेरै ३५.२६% लाभांश घोषणा



६ पौष, काठमाडौं । नबिल बैंकले वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यो वर्ष सेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गरिने जानकारी प्राप्त भएको छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । प्रस्तवित लाभांश वितरण गर्दा बैंकले कुल ३ अर्र्ब ५३ करोड रुपैयाँ बराबरको लाभांश दिनेछ । यो लाभांशपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ ।

यो लाभांश वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै हो । हालसम्म लाभांश घोषणा गरेका २४ वाणिज्य बैंकले बढीमा २० प्रतिशत लाभांश दिएका छन् ।

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु