१७ आश्विन २०८०, बुधबार

‘पैसा चाहिए अर्थमन्त्रीलाई भन्नुस्, सुरक्षा चाहिए गृहमन्त्रीलाई भन्नुस्’ ढुक्कसँग निर्वाचनको तयारी गर्नुस्: प्रधानमन्त्री ओली



५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहनेले निर्वाचनको विरोध नगर्ने बताउदै ढुक्कसँग निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।

निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको उल्लेख गर्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका हुन् ।

निर्वाचन आयोगका एक आयुक्तले भने, ‘प्रधानमन्त्रीले सरकारले के गर्नुपर्छ भन्नुहोस् पैसा चाहिए उहाँलाई भन्नुहोस् भनेर अर्थमन्त्री तिर औँला देखाउनुभयो । सुरक्षाको काममा केही आवश्यक भए उहाँ गृहमन्त्रीलाई भन्नुहोस् भन्नुभयो ।’

यसअघिको छलफलमा निर्वाचन आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको बताएको थियो ।

जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाएका थिए ।

निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाएको छ । ‘२७ गते एकैचरणमा निर्वाचन गराउन सकिन्छ त्यसो भए खर्च कम लाग्छ भनेर सुझाव दिएको छलफलमा सहभागी एक आयुक्तले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको