संसद विघटन भएको राष्ट्रपति कार्यालयको पत्र संसद सचिवालयमा दर्ता
५ पुस, काठमाडौं । संसद विघटन भएको राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । साँझ ५ बजेर १० मिनेटमा राष्ट्रपति कार्यालयको पत्र सचिवालयमा दर्ता भएको हो ।
त्यसअघि आजै दिउँसो साढे ३ बजे संसद सचिवालयमा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । तर सभामुखको सचिवालयले भने उक्त प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको छ ।
त्यसअघि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटनको निर्णय लिएकी थिइन् ।