२९ आश्विन २०७८, शुक्रबार

ट्रोलको शिकार भएपछि आफैलाई ‘आलुजस्तो गायक’ भन्न थाले दुर्गेश



७ भाद्र, काठमाडौं । सन्दर्भ हो गतिशिल पत्रकार ऋषि धमालाको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ को । जहाँ गायक तथा मोडल दुर्गेश थापालाई धमलाले आफ्नो कार्यक्रमको अतिथीको रूपमा निम्त्याएका थिए । गत साउन ९ गते युट्युवमा राखिएको अन्तर्वर्ताका कारण सामाजिक सञ्जालमा ट्रोलको शिकार भएपछि भित्रभित्रै जलीरहेका दुर्गेशले मन शान्त पार्न भर्खरै एउटा गीत सार्वजनीक गरेका छन्, ‘आलुजस्तो गायक’ ।

अब चर्चित गायक भनिने दुर्गेशलाई ऋषि धमलाले गीत गाउन नलगाउने कुरै भएन । ऋषिले एकपछि अर्को गीत गाउनुस् भन्दा निकै कमजोर आत्मविश्वासका साथ आफ्ना गीत जसोतसो गाइरहेका दुर्गेसलाई फर्साद त्यतिखेर पर्यो जब ऋषिले एक्कासी स्वरसम्राट नारायण गोपालज्यूको गीत गाउनुस् भने । चर्चित गायक न परे गाइदिए दुर्गेशले भजन शिरोमणी भक्तराज आचार्यज्यूको ‘मुटु जलीरहेछ’ । फेरी धमलाले थपिहाले, तपाईंलाई गायक यम बराल मन पर्छ ? जवाफमा दुर्गेशले पनि भनिहाले, मलाई यम दाइको ‘ओराली लागेको हरिणको चाल भो’….भन्ने गीत मनपर्छ ।

गीतको भिडियोहरुमा बडो धमकेदार ईन्ट्री मार्ने दुर्गेश ऋषि धमलासँगको अन्तर्वार्तामा वास्तवमै निरिह देखिन्थे । झन नारायण गोपालको गीत भन्दा भक्तराजको, यम बरालको भन्दा रामकृष्ण ढकालको गीत गाइदिएपछि दुर्गेश चर्चीत गायक हुन् भन्नेबारे छर्लङ्गै भए जनता । यति भएपछि धमलाको जनता जान्न चाहान्छन् कार्यक्रमको उदेश्य प्राप्ति पनि पक्कै भयोहोला ।
दुर्गेशले आलुजस्तो गायक अलि पहिले नै बजारमा ल्याइदिएको भए शायद धमलाले अन्र्तवार्ता नै लिन्थेनन् कि ? अटोट्युनले जोगाइदिएको दुर्गेशको कलाकारिताको स्तर उदाङ्गो पार्न ऋषि धमलाले नै अन्तर्वार्ता लिनु परेजस्तो भयो ।

दुर्गेश कलाकारदेखी स्रोता, दर्शकको आँखाको तारो बने, सामाजिक सञ्जालमा दुर्गेशलाई उडाएर कयौं ट्रोल बने । तर दुर्गेशले आफुलाई आलुजस्तो गायक भन्नेहरुका लागि ‘आलुजस्तो गायक’ भन्ने गीत नै सार्वजनीक गरेर फेरी मूर्ख बनाइदिएका छन् । बिहिबार सार्वजनीक गीतको भिडियो शुक्रबारदेखी नै युट्युव ट्रेन्डिङ्गको १ नम्बरमा छ । समर्थक मात्र होइन आफ्नो कलाकारीताको खिल्ली उडाउने तप्काको अभिमतलाई पनि भजाएर युट्युव भिउजमा मिसाइदिए दुर्गेशले ।

स्कुल नदेखेकी आमा र गीत नलेख्ने बुवाका कारण मनछुने गीत गाउन नसकेपनि गाएक चाहीँ बबालै हो, भनिएको छ गीतमा । अन्तमा आलुजस्तो गायक हिट भएको देखेर सुर साधकहरु पनि चित पर्छन् होला भन्दै यो सन्दर्भमा सवाल नगर भन्छन् दुर्गेश थापा ।

थोरै यथार्थ, अलिकति आरोप, अलिकति घमण्ड र अन्तमा आफ्ना कमजोरीहरु स्वीकार नगरिएको, आफैलाई आलुजस्तो गायक भनिएको गीतले दुर्गेशलाई कस्तो कलाकार बनाउला ? आफ्नै पुजा आजा गरिएका गीतले समाजलाई के सन्देश दिएहोला, भावि पुस्ताले मेरा गीतबाट के सिक्लान् ? मैले कलाकारीता क्षेत्रमा गरेका कामलाई कसरी मुल्याङ्कन गर्लान् ? भन्ने शिराबाट दुर्गेशले सोच्नुपर्ने होइन र ? आलुजस्तो गायक नै बबाल हो, खत्रा हो, हिट हो भन्ने गीतबाट अरबौं भिउज बटुलेपनि आत्मसन्तुष्टि मिल्ला र ? दुर्गेशले यि सबै प्रश्नहरुको जवाफ आफ्नै मनसँग सोध्नुपर्छ ।

बच्चैमा घर चलाउने अभिभावक बुवा गुमाएपछि जुत्ता पालिस गरेर बिहान बेलुकीको छाक जोहो गर्ने भारतका सन्नी हिन्दुस्तानी विश्वचर्चीत गायन प्रतिष्पर्धा इन्डियन आइडल विजेता बने । बेलुन बेचेर, अरुको घरको दैलोमा कटौरा थापेर चामलको जोहो गर्ने आमाका छोरा सन्नीले कुनै उस्तादसँग संगीत सिकेका थिएनन् । भन्नुको मतलव यो होकी, जन्मजात भएको कलाकारीतालाई सिकेर निखार्न सकिन्छ । तर आफुमा हुँदै नभएको कलाकारीतालाई बिना सिकाई, प्रविधिको सहारामा निखारिएको भ्रम सिर्जना गर्दा अन्तमा ट्रोलको शिकार भईन्छ । त्यहि ट्रोल बेचेर भिउज कमाइएला, पैसा पनि कमाइएला तर सन्नी हिन्दुस्तानी जस्तो इज्जत र प्रतिष्ठा कहाँबाट किन्ने ?

गीतको भिडियो हेर्नसहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको