२२ फाल्गुन २०७७, शनिबार

रारालाई मुर्माटपबाट चियाउदा


सीता बोहरा/सविना घिमिरे
१ पुष २०७७, बुधबार

कोरोना माहामारीको सन्त्रास बिच हामीले स्वर्गकी अप्सरा उपनामले परिचित रारा जाने निर्णय गर्यौं । रारालाई स्वर्गकी अप्सराको उपनाम दिने पुर्व राजा महेन्द्रको पालामा जस्तो रारा पुग्न अहिले सुर्खेतबाट दुई हप्ता हिँड्नु पर्दैन । मोटरबाट र धावनमार्ग दुवै रारा नजिकै छन् । हामी आकासे बाटो हुँदै नेपालगञ्जबाट ताल्चा विमानस्थल पुग्यौं । आकाशबाटै गहिरो उपत्यकाजस्तो लाग्ने राराको रङ्ग गाढा निलो मनमोहक देखियो । मुगुको ताल्चा विमानस्थलमा डोजर र ट्याक्टर लगाएर पहाड फुटाएर धावनमार्ग बढाइदै रहेछ ।

हामी विमानस्थलको पश्चिम तर्फ उकालो उक्लियौं । त्यहाँ केहि होमस्टेहरू र साना पसल रहेछन् । आधा घण्टा उकालो लागेपछि त्यहाँ नेपाली सेनाको पोष्ट भेट्यौं । त्यहाँ रारा राष्ट्रिय निकुञ्ज छिर्न नाम दर्ता गरी शुल्क तिर्नु पर्ने रहेछ । त्यसपछि कतै उकालो कतै तेर्सोबाटो हुँदै करिब ३ घण्टाको हिडाई पछि ताल भेट्यौं ।

‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा’

पूर्वराजा महेन्द्रको कविता सम्झेऊ । ताल पुगेपछि सारा थकान मेटियो । जति हेर्यो हेरौं लाग्ने । कञ्चन पानी छचल्किएर हामीलाई छुन आउथ्यो । हामी पनि हावाको वेगले पानीको छालसँगै ठोक्किएर निकालेको मोहित सङ्गितमा मग्ध भएर ताल छेउछेवै हिड्यौं वासस्थानको व्यवस्था भएको ठाउँतिर । बाटो यति सुनसान थियो कि ५ घण्टाको यात्रामा कोहि कसैलाई भेटेनौं । लाग्थ्यो हामीमात्र छौं पुरै रारा राष्ट्रिय निकुञ्जमा । १२ बजे ताल्चा बिमानस्थलबाट हिडेका हामी ५ बजे पछि मात्र सेनाको ब्यारेक, निकुञ्ज प्रशासन र डाँफे होटेल भएको ठाउँ पुग्यौं । रारा तालले आँखै खिचेको जस्तो रातीसम्म हामी रारा छेउमै आँखा अड्याईरहेका थियौं ।

बेलुकाको खाना खान डाँफे होटेलभित्र पस्दा त्यहाँ मानिसहरूको घुइचो थियो । सायद राराका पर्यटक थिए उनीहरू पनि । हामी चिसो छल्न आगो खोज्दै जाँदा कलाकार राजाराम पौडेलको टिमसँग मिसिएर कोचाकोच गरेर आगो छेउमा बस्यौं । कलाकारको टिम सुटिङका लागि आएका रहेछन् ।

ताल्चा विमानस्थल झरेपछि उकालो चढ्दा नै हामीले मास्क फालिसेका थियौं । डाफे होटलमा मानिसहरूको घुइचो थियो तर कोभिड १९ को कतै कुरा भएको सुनिएन । कसैको कान मास्कले तानेको थिएन । सबैका नाक मुख खुल्लै थिए । पर्यटकहरू कोहि क्याम्प फाएरमा मस्त थिए त कोहि मदिरामा ।

प्रायः एक्लै रारा

रारा प्रायः एक्लै हुने रहेछ, ठुला–ठुला हिमालहरूको फेद कोणधारीको बीचमा । निलो मसी पोखिएजस्तै पानी–पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा तर सुनसान । रारा यति शान्त र निर्मल छ कि सायद स्वर्ग यस्तै हुन्छ । भोलि पल्ट बिहान हामी उदाउँदो सूर्य हेर्न पर्खि बस्यौं । एक्कासी एउटा पहेलो भकुण्डो जस्तो पहाड माथि देखियो । हामि फोटो खिच्न तयार हुँदै थियौ एकाएक सुनौलो किरण धरती भरी फिजियो ।

नेपालको सबैभन्दा ठुलो ताल राराको बयान सुन्दा र फोटो देख्दा लाग्थ्यो यहाँ त मान्छे को भिड हुन्छ । बस्ने व्यवस्था राम्रो होला । तर रारा पुगेपछि थाह भयो यथार्थ बिलकुल फरक रहेछ । रारा प्रायः एक्लै हुने रहेछ, ठुला–ठुला हिमालहरूको फेद कोणधारीको बीचमा । निलो मसी पोखिएजस्तै पानी–पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा तर सुनसान । रारा यति शान्त र निर्मल छ कि सायद स्वर्ग यस्तै हुन्छ ।

भोलि पल्ट बिहान हामी उदाउँदो सूर्य हेर्न पर्खि बस्यौं । एक्कासी एउटा पहेलो भकुण्डो जस्तो पहाड माथि देखियो । हामि फोटो खिच्न तयार हुँदै थियौ एकाएक सुनौलो किरण धरती भरी फिजियो । बिहानी किरणको स्पर्शसँगै फेरी तालको पानी हेर्यौं ।

ताल उत्पत्तिको किंवदन्ती

नेपालमा रहेका ८ सय ६७ प्रजातिका चराहरूमध्ये रारामा २ सय ३६ प्रजातिका चरा रारा राष्ट्रिय निकुञ्जमा पाइने जानकारी पायौं । धेरैजसो भारत र तिब्बतहुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू रहेछन् । रारामा तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिंदैनन् भन्ने जानकारी पनि पायौं ।

ताल पुरै कालो देखिएको थियो मानौकि त्यहाँ कालो मसि मिसाइएको होस् । बिहानदेखि दिउँसोको १२ बजेसम्म मात्र डुङ्गा सयर गर्न सकिने रहेछ । त्यसपछि त हावाको वेगले जलक्रिडा असम्भव रहेछ साँझैसम्म । नेपाली सेनाका जवानले हामीलाई डुङ्गा सवार गराए । त्यसै क्रममा रारा तालको उत्पत्ति कसरी भयो ? भन्ने बारेमा किंवदन्ती पनि सुनाए ।

यहाँ पहिले घना बस्ती थियो । एक दिन घुम्दै एक जना भिक्षु भिक्षा माग्दै यहाँ आइपुगे । यहाँका स्थानीय बासिन्दाले भिक्षा नदिई अपमान गरे । उनै भिक्षुले यो ठाउँमा मानववस्ती नरहोस् भनि श्राप दिँदै पानी भरिएको घैटो फुटाए । सोहि पानीले गाउँ पुरै डुब्यो र ताल बन्न पुग्यो । ती सेनाका जवान पनि विश्वास गर्दछन् कि यस ताल मुनि अझै बस्ती छ ।

अर्को किंवदन्ती अनुसार प्राचिन कालमा जब लङ्कामा राम र रावणको लडाइँ भयो रामद्वारा रावण मारिए । ऋषिपुत्र मारिएकोले रामलाई व्रम्हहत्या लाग्ने भएकोले ऋषिहरूले प्रायश्चितको लागि हिमालय पर्वतमा जान सल्लाह दिए । प्रायश्चितका लागि राम यहाँ पुगे । त्यसबेला यो क्षेत्रमा पानी थिएन, तिर्खाले व्याकुल बनेका रामले जमिनमा वाण प्रहार गरी पानी निकाले सोही पानी विस्तारै जम्मा भएर ताल बनेको जनविश्वास रहेको छ ।

यस्तै किंवदन्ती र मनमोहक तालमा हराउँदै डुङ्गा सयर गर्ने क्रममा साइवेरियन हाँसहरू लगायत जलेवा, क¥याङकुरुङको जलक्रिडाले मनै लोभ्यायो । नेपालमा रहेका ८ सय ६७ प्रजातिका चराहरूमध्ये रारामा २ सय ३६ प्रजातिका चरा रारा राष्ट्रिय निकुञ्जमा पाइने जानकारी पायौं । धेरैजसो भारत र तिब्बतहुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू रहेछन् । रारामा तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिंदैनन् भन्ने जानकारी पनि पायौं ।

मिली चौर

२०२० सालमा तत्कालिन राजा महेन्द्रले मिली चौरमा रहेको धुपीको रुखमुनि बसेर रारा नियालेका थिए । शिकार खेल्न आएका राजा शिकार नखेली कविता कोरेर, राराको संरक्षण गर्न निर्देशन दिएका थिए । त्यस्तै २०७५ मा नेपालका प्रधानमन्त्री के.पि. शर्मा वलीले यहि चौरबाट देशबासीका नाममा सम्वोधन गरेका थिए । त्यहाँबाट समृद्धि र विकासका लड्डु सबैलाई बाँडेका थिए । सोहि मिलि चौरमा हामी पनि पनि घोडा चढ्यौं, त्यहि धुपिको बोट मुनि फोटो खिच्यौं र एक तमासले कञ्चल पानि हेरिरह्यौं । हाम्रा मनमा पनि एक एक समृद्धिका सपना आए देशको समृद्धि जुन रारासँग जोडिएको छ, कर्णालीसँग जोडिएको छ । समृद्धिको गफमा हाम्रो ४ जनाको टोली गफियौं हामीमा मात्र सिमित हुने गरी ।

मुर्माटप

मुर्माटपबाट जुम्ला, हुम्ला, कालिकोट र बाजुरा जिल्लाका सिमाना र हिमालहरू हेर्यौ । सिस्ने, कान्जिरोवा र सुदुरपश्चिमको सैपाल हिमालको उज्ज्वल आकृति र टलक्क चाँदी झै टल्किएको सेता हिमालमा डुब्यौं । यसरी नेपालकै ठुलो ताल एकै पटक देख्न पाउदा अदभुत आनन्दले आकाश छोयो ।

दिउँसोको खाना पछि हामी रारालाई एकै पटक नाङ्गो आँखाले नियाल्न मुर्माटप तर्फ लाग्यौं । मुर्माटप पुग्न तालबाट झन्डै ३ घण्टा हिँडनु पर्छ । त्यहाँ पुग्न घोडा पनि पाइन्छ तर हामी हिडेरै जाने निर्णय ग¥र्यौं । तालबाट अलिकति उकालो चढेपछि त्यहाँ छाप्रो महादेवको मन्दिर भेट्यौं । अलि माथि पुगेपछि भ्युटावर रहेछ हामी त्यता नलागि प्राकृतिक भ्युटावर तर्फ अघि बढ्यौं । बिचबिचमा धुपी सल्ला र देवदारका घना रुखहरू छिचोल्दै, चराका चिरबिरसँगै बतासको सङ्गितसँगै जडिबुटि जन्य बनस्पतिका सुगन्धले मोहित हुदै उकालो चढ्यौं । उकालो चड्दै गर्दा चिसो सिरेटोले हान्यो जकेट लगाए गर्मी नलगाए चिसो हुने । थकाई लाग्दा बस्थ्यौं । लेक लाग्ने डरले हामीले नेपालगञ्जबाटै तितौरा र अन्य खानेकुरा बोकेका थियौं बाटोमा त्यसले निकै साथ दियो । तर मुर्माटप नजिकको ठाडो उकालो चढ्ने शाहस घट्यो हामी ३ घण्टा हिडिसकेका थियौं अव हिड्ने आँट आएन तर त्यहाँ पुगिसकेपछि किन फर्कनु घोडा चढेर हामी मुर्माटप पुगेर ताल हेर्दा सारा थकान दुर भयो ।

त्यहाँ पुग्दा राराको विछट्टै लोभलाग्दो दृश्य देखियो । मुर्माटपबाट जुम्ला, हुम्ला, कालिकोट र बाजुरा जिल्लाका सिमाना र हिमालहरू हेर्यौ । सिस्ने, कान्जिरोवा र सुदुरपश्चिमको सैपाल हिमालको उज्ज्वल आकृति र टलक्क चाँदी झै टल्किएको सेता हिमालमा डुब्यौं । यसरी नेपालकै ठुलो ताल एकै पटक देख्न पाउदा अदभुत आनन्दले आकाश छोयो । त्यहाँबाट रारातालबाट आएको खत्याड खोलाको खोच देखियो । ज्यान पुरै थाके पनि हाम्रा आँखाहरू कत्तिपनि थाक्दैनन् । तालबाट बाहिर निस्कने पानी खत्याड हुँदै मुगु कर्णालीमा मिसिए जसरी राराको पानी हाम्रो अन्तःमनमा मिसिए । यतिबेला रारा पुरै गहिरो निलो थियो ।

राराको बनावट

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा अवस्थित रारातालको उचाई समुद्री सतहदेखि २९ सय ९० मिटर, लम्बाई ५ किलोमिटर र चौडाईं ३ दशमलव २ किलोमिटर रहेको छ भने गहिराई १ सय ६७ मिटर रहेको छ ।

जेठदेखि असोजसम्मको मौसममा विभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुञ्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएका हुन्छन् । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त वर्णन गर्ने शब्दकै अभाव पर्छ । मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमालको अवलोकन गर्न पाइन्छ । यतिबेला बेला वर्षामा फुलेर सुकेका फूलहरू थिए । हिऊँ पर्न शुरु भएको थियो । ठाउँठाउँमा हिम समात्दै खेल्दै मुर्माटपको ओरालो झरेका थियौं ।

रारा जाने बाटाहरू

उतिखेर राजा महेन्द्रको पालामा सुर्खेतबाट दुई हप्ता हिडेर मात्रै रारा पुग्न सकिन्थ्यो । तर अहिले हवाई उडान र मोटरबाटोको सुविधा राराको नजिक–नजिक पुगेकाले लामो समय लाग्दैन । मोटर चढेर जान चाहनेका लागि जुम्ला र गमगडिसम्म नै गाडी जान्छ । त्यस्तै बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ । ताल्चाबाट ३ केही घण्टा हिंडेपछि रारा पुग्न सकिन्छ । राराको पूर्वी डिलसम्म मोटर पुगेको छ ।

पुर्वाधारको कमी

ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्न समेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपर्छ । प्रकृतिको संरक्षण गर्दै मुर्मा गाउँलाई बासस्थानका रूपमा विकास गर्न सकियो भने पर्यटकको सङ्ख्या बढ्न सक्छ ।

रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्न समेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपर्छ । प्रकृतिको संरक्षण गर्दै मुर्मा गाउँलाई बासस्थानका रूपमा विकास गर्न सकियो भने पर्यटकको सङ्ख्या बढ्न सक्छ । रारा तालको परिधिभित्र डाँफे होटल मात्र छ । सिजनमा यो होटलले मात्र पर्यटक थेग्न सक्दैन ।

मुगुवासीहरू बाटोले ल्याउने विकास र फाइदाको प्रतीक्षामा छन् । सरकार र दातृ संस्थाले करोडौं खर्च गरेर हवाइमार्गबाट ढुवानी गर्ने चामल अब सडकमार्गबाट धेरै सस्तोमा आइपुग्न सक्छ । बिरामीहरूलाई चर्को हवाई भाडा तिरेर नेपालगञ्ज पठाउनु पर्दैन ।

अन्तमा,
राराले बेला बेलामा फेरिहनले सूर्यको प्रकाश अनुसारको फरक रूप, हावाको वहाव, कञ्चन पानी, आँखामा देखिने निलो दह हेरिरहुँ जस्तो, वरिपरी घुमिरहुँ जस्तो लाग्छ । रारा पुगेपछि सुरुमा पर्यटकहरूका मोवाइल तथा क्यामेरा बन्द नै हुदैनन् । जति फोटो लिएपनि पर्यटकहरू थाक्दैनन । यात्राको थकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तिकै स्वर्ग मानिन्छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ ।

प्रकृतिको अनुपम सौन्दर्यलाई आँखामा खिच्दै हामी ताल्चा बिमानस्थल तिर लाग्यौं । फेरी नाकमाथि मास्क अड्याउदै कानमाथि डोरी कसेर सुर्खेत हुँदै नेपालगञ्ज फर्कियौं ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु